काठमाडौं । नायब सुव्बा रमेशकुमार खड्का १५ हजार घुससहित पक्राउ परेका छन् । पक्राउ परेका खड्का जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत रहेका थिए ।
खडकाले अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई ६० हजार घुस मागेकाले उनलाई पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खड्कालाई पक्राउ गरेको हो ।
६० हजारबाट बार्गेनिङ सुरु गरेका उनले पछि १५ हजारमा सहमति गरेकोमा विशेष सूचनाका आधारमा मुसिकोट नगरपालिका वडा नं १ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडिबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया