बलत्कारको कसुरमा १२ वर्षिय वालकलाई कैदको फैसला

पर्वत । सात वर्षिया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पर्वतले १२ वर्षिय बालकलाई ६ महिना कैद र २० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला अदालतका न्यायधिस सुर्यबहादुर थापाको इजलासले वालकलाई ६ महीना कैद सहित २० हजार रुपैयाँ क्षतीपुर्ती दिनुपर्ने फैसला गरेको हो ।

पर्वत अदालतका तहसिलदार मातृका रिजालका अनुसार पिडीतलाई ०७६ जेष्ठ १६ गते आरोपितले बलात्कार गरेको भन्दै पिडीत पक्षले जेष्ठ १७ गते जिल्ला प्रहरी कार्यलय पर्वतमा उजुरी दिएका थिए । आरोपितलाई अदालतले जेठ २९ मा पूर्वपक्षका लागि बाल सुधार गृह पोखरामा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?