काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले यात्रुबाट जफत गरिएका विभिन्न ब्राण्डका मदिराहरु लिलाम गर्न लागेको छ । उक्त मदिराहरु बिक्रिका लागी एक सुचना सार्वजनिक गर्दै खरिदका लागी इच्छुक व्यक्ति तथा संस्थालाइ आह्वान समेत गरेको छ । बाहिरबाट आएका यात्रुहरुले अवैध रुपमा ल्याएका करिव ६ हजार ८ सय १७ बोतल मदिरा एकैपटक लिलाम बिक्रि गर्न लागेको हाे ।
सुचनामा उल्लेख भएअनुसार रक्सी अन्तःशुल्कमा दर्ता भई नवीकरणसमेत भएका कम्पनी, फर्म वा व्यक्तिले किन्न पाउने गरी सर्त राखिएको छ । पूरै रक्सी बिक्रीको न्यूनतम मूल्य १ करोड ३१ लाख रुपैयाँ तोकिएको छ । तर, विभिन्न १४ वटा भागमा छुट्टाछुट्टै बिक्री गर्न सकिने छ ।
सुचनामा उल्लेख भएका मापदण्ड पुरा भएको खण्डमा खरिद गर्न स्वीकृत भएको व्यक्ति वा संस्थाले ७ दिनभित्र रक्सी नउठाएमा क्रमशः दोस्रो, तेस्रो पार्टीले उठाउन सक्ने प्रावधान तोकिएको छ । साथै कार्यालयबाट जसको नाममा सिलबन्दी दरभाउपत्र खरिद भएको छ, सोही व्यक्ति, फर्म, कम्पनी वा संस्थाले मात्र दाखिला गर्न पाउनेछ । अर्को पार्टी आएमा दरभाउपत्र रद्द हुनेछ ।
कानुन अनुसार बिदेशबाट आउने व्यक्तिले एक यात्रुले एक पटकमा एक लिटरसम्मको एक बोतल मदिरा ल्याउन पाउँनेछन् । साथै यात्रुले त्यो परिणामभन्दा माथिको रक्सी बोकेर आएमा भन्सारले जफत गर्छ । भन्सारले यसरी गत आर्थिक वर्ष र त्योभन्दा अगाडि जफत गरेको मदिरालाई एकैचोटि लिलाम गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया