डा. केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुग्यो

काठमाडौं । अनसनरत डाक्टर. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको छ।

७ दिन अघिबाट सत्रौँं अनसन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई आइतबार डडेल्धुरा जिल्ला अस्पताल भर्ना गरिएको थियो। सो अस्पतालले त्यहाँ आईसीयूलगायत सुविधा नभएकोले केसीलाई सुविधासम्पन्न ठाउँमा लैजान आग्रह गरेको थियो।

नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगे पनि डा. केसी काठमाडौं आउन मानेका छैनन्। केसीलाई लिन डडेल्धुरा पुगेको हेलिकोप्टर अहिले डडेल्धुरास्थित सेनाको गणमा रहेको छ।

डडेल्धुरा जिल्ला अस्पतालका अनुसार डा. केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मिर्गौलामा समस्या देखिएको छ। यस्तै, उनको स्वास्थ्य अवस्था कमजोर बनेको अस्पतालले जनाएको छ।

डा. केसीले गत सोमबार डडेल्धुरा पुगेर १७ औँ अनसन सुरु गरेका हुन्। आफूसँग भएका पूर्वसहमति कार्यान्‍वयन गर्नुपर्ने डा. केसीको अडान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?