विमानस्थलबाट दुई किलो कोकिनसहित ब्राजिलियन नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट दुई किलो १ सय ग्राम कोकिनसहित एक जना ब्राजिलियन नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

सोमबार एक्सवाई७५९३७ नम्बरका राहदानी बोकेका ६१ वर्षीय सर्जियो ट्रुलाई विमानस्थल प्रहरीले कोकिनसहित पक्राउ गरेको विमानस्थल प्रहरीले बताएको छ। विमानस्थलबाट बरामद कोकिन भएको पुष्टि गरे प्रहरीले बताएको छ । पक्राउ व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

पक्राउ परेका ब्राजिलियन नागरिक कतार एयरको उडानबाट नेपाल आएको खुलेको छ। विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा उनले बोकेको झोलामा कोकिन फेला परेको हो। उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?