काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा सुरु हुने टी–१० लिग खेल्नका लागि पूर्व कप्तान पारस खड्का साेमबार युएई जाँदैछन् ।
नोभेम्बर १५ देखि २४ सम्म हुने प्रतियोगितामा नेपालबाट पारससँगै सन्दीप लामिछानेले पनि खेल्दैछन् । तर, सन्दीप लामिछाने भने मंगलबारमात्र त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ ।
गएको महिना टी–१० लिगको ड्राफ्ट सार्वजनिक भएको थियो । सन्दीप लामिछानेको नाम पहिलो चरणकै ड्राफ्टमा समावेश भए पनि पारसको नाम भने दोस्रो चरणमा आएको थियो ।
पारस अबुधाबी टिमबाट खेल्नेछन् । सन्दीप भने कर्नाटका टस्कर्सबाट खेल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया