काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ।
फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल आगामी मंसिर ३ गते भुटानको राजधानी थिम्पुस्थित चाङ्गलिमिथाङ रंगशालामा हुने भएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्युट्रल भेन्यूको रुपमा भुटानमा खेल्न गरेको प्रस्तावलाई एसियाली फुटबल महासंघले स्विकृत गरेको हो।
यसअघि नेपालको दशरथ रंगशालामा खेल खेलाउने प्रस्ताव गरिएको थियो। तर खेल खेलाउन चाहिने मापदण्ड नपुगेकाले एएफसीले दशरथ रंगशालालाई अयोग्य घोषित गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया