भारतीय दूतावास नपुग्दै विप्लव समूहका ७ जना पक्राउ

काठमाडौं । भारतले सार्वजनिक नयाँ नक्साको विरोधमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव समूहका प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहले सोमबार भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम गरेको थियो ।

कार्यक्रम सुरु हुनु भन्दा पहिले नै शंकास्पद भन्दै उनीहरुलाई प्रहरीले त्रिचन्द्र कलेज क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित समूह भएका कारण प्रहरीले विप्लव समूहका नेता-कार्यकर्तालाई पक्राउ गर्दै आएको छ ।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर आफ्नो भूभागमा पारेको नक्सा सार्वजनिक गरेपछि नेपालभर विरोध प्रदर्शन भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?