बैद्य नेतृत्वको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले गर्याे भारतविरुद्ध प्रर्दशन

काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मिचिएका सबै नेपाली भूमि फिर्ता गर्न भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको छ ।

सोमबार लैनचौरस्थित भारतीय दुताबास अगाडि विरोध प्रर्दशन गर्दै अखिल ९क्रान्तिकारी०मा विद्यार्थी नेता तथा कार्यकर्ताहरुले नेपालको अतिक्रमित भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गरेका हुन । त्यस क्रममा उनीहरुले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेर हालै राजनीतिक नक्सा सार्वजनिक गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए ।

विरोध प्रर्दशनपछि आयोजित कोण सभामा बोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले तत्काल नेपाली भूमि फिर्ता गर्न भारत सरकारसँग माग गर्नुभयो । उहाँले नेपाली भूमि भारतले फिर्ता नगरे आफूहरु बलिदानीपूर्ण संघषार्न होमिन तयार रहेको पनि बताउनुभयो ।

विरोध प्रर्दशनमा विद्यार्थीहरुले ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, फिर्ता गर’ लेखिएको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?