काठमाडौँ। संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर तत्काल नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिइएको छ । समितिले भारतीय अतिक्रमणको विरोध गरिरहेको बेला नेपाल भारतबीच रहेका अन्य स्थानका सीमा विवाद समाधान गर्न तत्काल पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा बसेको बैठकले भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानीलगायतका भूभाग मिचिएको निष्कर्ष निकाल्दै सो समस्या समाधानका लागि तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिको बैठकले सो समस्या समाधानका लागि राष्ट्रिय एकताका साथ अघि बढन पनि सबै राजनीतिक दल र सामाजिक संघ, संस्थालाई आह्वान गरेको पनि समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिएकि छन् । समितिका सदस्यहरुले भारतले नेपाली भूमि मिच्ने क्रमलाई निरन्तरता दिएको उल्लेख गर्दै ती समस्या तत्काल समाधानका लागि राजनीतिक तहमा पहल गर्न सरकारलाई सचेत गराएका थिए ।
समितिकी सदस्य पम्फा भुसालले भारतले नेपाली भूमि मिच्ने काम गरेकोमा आफूहरुलाई सैह्य नहुने उल्लेख गर्दै ती समस्याको दीर्घकालीन समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएकि छन्। बैठकमा समितिका सदस्यहरुले नेपालको सार्वभौमिकताको रक्षा गर्ने काममा दृढतापूर्वक अघि बढन पनि सरकारलाई दवाव दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया