मलेसिया, साउदी, कतार, युएई लगायत अन्य देशको पैसाको मूल्य बढ्यो (हेर्नुहोस् सूचिसहित)

काठमाडौं । मंगलबार कोरियन वन बाहेक अन्य सबै देशको विनिमयदर बढेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले तोकेको १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ६४ पैसा रहेको छ । सोमबार खरिददर १ सय १३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३७ पैसा रहेको थियो ।

यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा रहेको छ । सोमबार खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो ।

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ । सोमबार खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ २१ पैसा रहेको छ । सोमबार खरिददर २९६ रुपैयाँ २३ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा छ । सोमबार खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । सोमबार खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा थियो ।

वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा पुगेको छ । सोमबार यसको १ सयको खरिददर ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा थियो।
कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २२ पैसा रहेको छ । हिजो खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४१ पैसा रहेको थियो ।

हेर्नुहोस् सूचि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?