इन्टरनेटबाट नक्सा प्रयोग गर्दा नेपालको निशान छापमा त्रुटी !

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले इन्टरनेटबाट नक्सा प्रयोग गर्दा नेपालको निशान छापमा प्रयोग गर्दा नक्सा त्रुटीपूर्ण भएको बताउनुभएको छ । मन्त्री अर्यालले प्रधानमन्त्रीको तर्फबाट प्रतिनिधिसभाको राज्य व्यवस्था समिति बैठकमा नेपालको निशान छापको नक्सामा त्रुटी भएको बताउनुभएको हो ।

उहाँले नेपालको नापी विभागले पछिल्लोपटक जारी गरेको नक्सामा लिपुलेक र कालापानीलाई समेत समावेश गरिएको बताउनुभयो ।

सांसदहरूले लिम्पियाधुराबाट बगेर आउने नदी नै काली(महाकाली) नदी भएको र त्यसबाट पूर्वपट्टिको भाग नेपाल भएको बताएका छन् । सुगौली सन्धीमा पनि काली नदी पूर्वको भाग नेपाल भएको उल्लेख भएकाले लिम्पियाधुरा नेपाल भएको सांसदहरूले बताएका छन् ।

समिति बैठकमा मन्त्री अर्यालले २०३४ साल अघिसम्म नेपालले आफ्नो नक्सा आफैं बनाउन नसक्ने अवस्था रहेको र भारतले नै जारी गर्ने गरेका कारण समस्या जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘त्यो खालको सामर्थ्य , ‘२०३४ देखि २०६२ सम्म नाप नक्सा भयो।’
अहिले नेपालमा प्रचलनमा रहेका नक्साहरू इन्टरनेटबाट प्रयोग भएकाले समस्या भएको छ । मन्त्री अर्यालका अनुसार; ‘स्थापित मान्यता नापी विभागबाट प्रकाशित र प्रमाणित नक्सा नै नेपालको नक्सा हो भन्ने हो’, ‘तर अहिले चलनचल्तीमा इन्टरनेटबाट सट्टसट्ट नक्सा झिक्ने भयो। इन्टरनेटबाट झिक्ने नक्सा भनेको इण्डियाले बनाइदिएको नक्सा हो’ उहाँले भन्नुभयो।

नेपालका सरकारी कार्यालयहरूमा समेत गलत नक्सा प्रयोग हुदै आएको कारण नयाँ नक्सा जारी भएको बताउनुभयो। ‘त्रुटि कहाँनेर भएको हो भने इन्टरनेटबाट झिक्दा र हामीले सावधानी नअपनाउँदा, ठीक हो कि हैन भनेर चेक नगर्दाको त्रुटि हो’, अर्यालले समिति बैठकको बताउनुभयो।

नेपालको संविधानको अनुसूची–३ : नेपालको निशान छाप नेपालको निशान छाप राखिएको छ। निशान छापमा प्रयोग भएको नक्साका विषयमा सांसद तथा सीमाविद्हरूले प्रश्न उठाउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?