लक्ष्मी बैंकले गर्याे ४० करोड नाफा, निक्षेपमा २.३४ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा लक्ष्मी बैंक लिमिटेडले ४० करोड १९ लाख ४६ हजार खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३० करोड ३० लाख १७ हजार खुद मुनाफा आर्जन गरेको थियो । दुइ आर्थिक वर्षको पहिलो त्रैमासको एकै अबधीलाइ आँकलन गर्दा यो वर्ष ३२.६५ प्रतिशतले वृद्धि भएको छ ।

साथै यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १९ करोड ९० लाख ६७ हजार मात्रै रहेको छ । बैंकले यो अवधीमा नाफा मात्र होइन निक्षेपमा समेत सुधार गरेको पाइएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा २.३४ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८० अर्ब ३२ करोड ४६ लाख ३३ हजार निक्षेप संकलन गरेको थियो । साथै यो आर्थिक वर्षको पहिदो त्रैमासमा ८२ अर्ब २० करोड ५७ लाख २ हजार निक्षेप पुर्याएको छ ।

साथै बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ४.८ प्रतिशतले वृद्धि गरेबो छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७४ अर्ब ६१ करोड ५९ लाख कर्जा लगानी गरेको थियो । भने यो आर्थिक वर्षको पहिलो त्रैमासमा कर्जा लगानी सकेत बृघि गर्दै ७८ अर्ब १९ करोड ८४ लाख ३४ हजार पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?