काठमाडौं । सर्वोच्च अदालतले बहुविवाहसम्बन्धी मुद्दामा नायिका शिल्पा पोखरेललाई पक्राउ गर्नका लागि बाटाे खुलेकाे छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर प्रसाद खतिवडा र मनाेज कुमार शर्माकाे संयुक्त इजलासले उनले दायर गरेकाे रिट खारेज हुने फैसला गरेसँगै प्रहरीलाई पक्राउ गर्न बाटाे खुलेकाे हाे ।
छवि ओझाकी जेठी श्रीमती हेमा ओझाले बहुविवाह गरेको भन्दै गत साउनमा प्रहरीमा उजुरी दिएकी थिइन् । हेमाले जिल्ला अदालतले बहुविवाहसम्बन्धी उजुरी दिएसंगै शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न आदेश दिएसँग उनी फरार थिइन । जिल्ला अदालतले दिएको आदेशविरूद्ध शिल्पाले सुरुमा उच्च अदालत पाटन पुगेकी थिइन् ।
शिल्पाले त्यसविरुद्ध दिएको निवेदनलाई अस्वीकार गर्दै उच्च अदालत पाटनले जिल्लाकै आदेश सदर गरेको थियो ।
जिल्ला र उच्च अदालतको निर्णयविरुद्ध शिल्पाले सर्वोच्चमा दिएको निवेदनको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले उनलाई तत्काल पक्राउ नगर्न आदेश दिएको थियो ।
गत २४ साउनमा उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि शिल्पालाई पक्राउ गर्ने बाटो खुलेको थियो । सो आदेशविरूद्ध उनले आफ्नो वारेसमार्फत गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया