नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

मोरङ, ३० पुस । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३–०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३–७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु¥याइ ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताए उनले रु एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिए । बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३–०७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । बैंकका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले बैंकको चुक्ता पूँजी रु ३४ करोड ५७ लाख ८० हजार पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?