प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो, हेर्ने बेला आएको छ : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले सरकारले सिमा विवाद मिलाउन अहिले उपयुक्त समय रहेको बताउनुभएको छ ।

बाराको निजगढमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले सीमा समस्या विगतदेखिको भए पनि वर्तमानमा जस्तो स्थिर सरकार नभएको कारण सिमा समस्या समधान गर्न नसिकएको बताउनुभयो ।

सिमा विवाद विगतमा गर्न खोजिएको भएपनि वर्तमान सरकारले जस्तो विगतमा राजनीतिक सहयोग नपाएको कारण गर्न नसकिएको र अहिलेको सरकारलाई सबै पार्टीहरुको साथ सहयोग पाएको अवस्थामा यस्तो अवसर सरकारले गुमाउन नहुने उहाँको भनाइ रहेको छ ।

“सीमाको समस्या धेरै पहिलेदेखि हो । तर, यो पटक हामी चुक्न हुँदैन । हामीले प्रधानमन्त्रीलाई भनेका छौं, तपाईंले कूटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ,” उहाँले भन्नुभयो , “दक्षिणतिर मात्र होइन, नेपालको उत्तरी भागमा पनि सीमा विवाद छ । आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौं । प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो, हामीले हेर्ने बेला आएको छ ।”

यस्तै नेता पौडेलले कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउन जरुरी रहेको बताउँदै त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय गरेर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पार्नु भएको छ । “कार्यकर्ताको न्याय, निष्पक्ष र पारदर्शी मुल्याङकन आवश्यक रहको उहाँले बताउनुभयो ।

दुई महिनामा गर्नुपर्ने काम अब महाधिवेशनको तयारी थाल्नुपर्ने बेलामा गरेर काम छैन्,” उहाँले भन्नभयो, “अब जालझेलको राजनीतिले पार्टी टिक्न सक्दैन् । यो पक्ष उ पक्ष होइन पार्टीलाई ठूलो मिसनमा अगाडि बढाउन अब कांग्रेसको कार्यकर्ता भएर काम गर्नुपर्ने बेला आएको छ । अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउँछ ।”

नेता पौडेल भन्नुभयो निजगढ विमानस्थल र फाष्ट्ट्रयाक सडक निर्माणलाई सरकारले गति दिन नसकेको भन्दै आपत्ती जनाउनु भएको छ । विमानस्थल बनाउने क्रममा आवश्यक मात्र रुख कटान गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?