चलचित्र निर्माण गर्दै नायक शिव श्रेष्ठ

काठमाडौं, ३० पुस । नेपाली चलचित्र क्षेत्रमा नायक नायिका निर्माता बन्ने होड चलिरहेको बेला अब नायक शिव श्रेष्ठले पनि चलचित्र निर्माण गर्ने भएका छन् विगत लामो समय अभिनययात्रामा सक्रिय रहेको नेपालि चलचित्रका नायक श्रेष्ठले पनि चलचित्र निर्माण गर्ने भएका हुन् उनले निर्माण गर्ने चलचित्रको नाम ‘एउटा यस्तो प्रेमकहानी’ राखिएको छ । यसको निर्देशन दीपेश सापकोटाले गर्ने बताइएको छ चलचित्रमा सञ्जोग कोइराला र वर्षा राउतको मुख्य भूमिकामा रहनेछ वर्षाले यही चलचित्रका लागि तौल घटाउन अस्ट्रेलिया गएकी हुन् चलचित्रमा शिव श्रेष्ठको विशेष भूमिका हुनेछ । यस्तै, नरेन खड्का, विष्णु चेम्जोङलगायतका कलाकार पनि फिल्मका लागि अनुबन्धित भइसकेका छन् नायक तथा निर्माता श्रेष्ठ आफैंले लेखेको कथामा चलचित्र बन्ने भएको हो । श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारीले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?