कपिलवस्तुमा ढलेका सीमा स्तम्भ ३ महिना सम्म उठेनन्

काठमाडौं । भारतको सिमा क्षेत्रमा पर्ने कपिलवस्तुको बिजयनगर गाउँपालिकाको सीमामा रहेका स्तम्भ ढलेको ३ महिना भएको छ । सिमाना स्तम्भ जस्तो संवदेनशिल क्षेत्रमा विषयमा ३ महिना बिति सक्दा पनि त्यसको मर्मतसंम्भार नहुदा अहिले स्तम्भहरु जिर्ण अवस्थामा बनेका पुगेका छन् ।

अहिले देशैभरि सिमा विवादका आन्दोलन भइ रहेको समयमा ३ महिना अघि आएको वाढीले ढालेको सिमा स्तम्भको संरक्षणमा सरकारको ध्यान पुग्न सकेको छैन । बिजयनगर गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहेका दुइ खोलामा रहेको ५ सीमा स्तम्भ बाढीले ढालेको थियो ।

विजयनगर गाउँपालिका ५, ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं। ५७८.७ र त्यस्को आधी किमी उत्तर पिलर नं। ५७८.१० पानीमा लडेको अवस्था रहेको छ । गाउँपालिकाको वार्ड नं। ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको पिलर नं। ५७७.७ र ५७७.९ ढलेका छन् । ५७७ नम्बर पिलर तेस्रो परेर बालुवामा धसिएको छ भने ५७७.७ को आधा भाग पानीमा डुबेको छ । विजयनगर गाउँपालिका १ चमरका जंगलमा अरर्रा नदीको भेलले २ वटा सीमा स्तम्भ क्षतिग्रस्त बनेको छ ।

सरकारले सिमा स्तम्भको संरक्षण गर्न नसक्दा यस्तो अवस्थामा आएको स्थानियले बताएका छन् । स्थानिय भन्नछन्स विजयनगर क्षेत्रमा मात्र ५ वडा स्तम्भहरु जिर्ण तथा ढलेका छन अर्को पटकको वर्षातमा ति स्तम्भ बगाउने डर छ । प्रहरीका अनुसार हामी दैनिक जसो सो क्षेत्रमा पुग्ने गर्दछौ । बर्षाको भेलले सीमा स्तम्भ लडाएसँगै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमा स्तम्भको निगरानी गर्दै आएको छ । सीमा स्तम्भ निर्माणका लागि दुइदेशीय टोलीकै आवश्यकता पर्ने भएकाले केन्द्रीयस्तरकै आवश्यक पहल हुनु पर्ने प्रहरीको भनाइ रहेको छ ।

यस्तै शसस्त्र प्रहरी गुल्म कृष्णनगरका अनुसार यस क्षेत्रमा मात्र २ सय ८९ सिमा स्तम्भ रहेका छन जसमा एउटा जङ्गे पिल्लर रहेको छ भने बांकी जिर्ण अवस्थामा रहेको छन् । केहि स्तम्भहरु नयाँ बनेका छन, केहि पुराना जिर्ण छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?