अमेरिकी राष्ट्रपति ट्रम्पले किन गरे भारतको आलोचना ?

 

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा बढ्दै गएको छ । बुधबार नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको आधिकारीहरुले बताएका छन् ।

बुधबारको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको थियो । एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित भएको छ । हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र नोइडाममा वायुमा प्रदुषणको मात्रा धेरै पुगेको बताइएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वायु प्रदूषणको विषयमा भारतको आलोचना गरेका छन् । बुधबार इकोनोमिक क्लब अफ न्युयोर्कमा सम्बोधन गर्ने क्रममा ट्रम्पले भने; ‘भारत, चीन र रुसको दुर्गन्ध उड्दै लस एन्जल्स पुग्दैछ।’ ट्रम्पले भारत, चीन र रुसले प्रदूषण नियन्त्रणमा ध्यान नदिएको भन्दै आलोचाना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?