काठमाडौँ । भारतको सर्वोच्च अदालतले रफाल लडाकू विमान खरिदमा भ्रष्टाचार भएको भन्दै पुनर्विचारको लागि परेका सबै आवेदन खारेज गरिदिएको छ । अदालतमा फ्राससँग ३६ रफाल लडाकु विमानको खरिदमा भ्रष्टचारको विषयलाई लिएर पुर्नविचार गर्न भन्दै रिट दायर गरिएको थियो ।
फैसला पुनर्विचार गर्न आग्रह गरिएकोमा फेरि सो आग्रह पनि अहिले खारेज गरिदिएको हो । यसबाट मोदी सरकारमाथि लागेको आरोपपनि सँगसँगै खारेजीमा परेको छ । मुख्य न्यायधिश जस्टिस रजन गोगोईको नेतृत्वमा बसेको बेन्चमा जस्टिस एसके कौल र केएम जोसेफले भनेका छन् यसमा कुनै फैसलाको आवश्यकता भएको बताएका छन्।
यस्तै विपक्षी कांग्रेस नेता राहुल गांधीले चुनाव प्रचारको क्रममा सर्वोच्च अदालतमा पुर्नविचार मुद्दालार्इ देखाउदै ‘चौकीदार चोर है’ चुनावी नारा बनाएका थिए । यस अघि सर्पोच्च अदालतले सो प्रकरणमा कुनै भ्रष्टाचार नभएको जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया