वासिंगटन, ३० पुस । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको भनी प्रकाशित एक समाचारको खण्डन गरेको छ । उनले भनेको भन्दै अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा छापिएको समाचार सत्य नभएको, तथा राष्ट्रपति ट्रम्पलाई गलत उद्धरण गरिएको ह्वाइट हाउसले दाबी गरेको छ सो पत्रिकालाई दिएको एक अन्तरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएको भनेर प्रकाशन गरिएको थियो तर राष्ट्रपति ट्रम्पले त्यसो नभनेको र सो गलत उद्धरणको खण्डन गरिएको छ । ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डर्सले भनेकी छन्, ‘राष्ट्रपति ट्रम्पले त्यसो भन्नुभएको छैन ।’उनले आफ्नो सम्बन्ध उत्तर कोरियाली नेतासँग राम्रो रहेको भनेर सो अन्तरवार्तामा नभनेको प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ सो अन्तरवार्ताको अडियो रेकर्ड ह्वाइट हाउसका प्रवक्ता स्यान्डर्स र सो वाल स्ट्रिट जर्नल पत्रिकाले पनि वेभसाइटमा राखेको छ सो पत्रिकाको शनिबारको अंकमा उनको अन्तरवार्ता छापिएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सम्बन्ध उत्तर कोरियाली नेतासँग रहेको भनी दिइएको सो अन्तरवार्ताको अमेरिकामा व्यापक मात्रामा चर्चा भएको थियो सो चर्चापछि ह्वाइटहाउसले समाचारको खण्डन गरेको हो । समाचारको खण्डन गर्दै प्रवक्ता स्यान्डर्सले उनको अन्तरवार्ताको अडियो नै राखेका छन् पछिल्लो समयमा अमेरिका र उत्तर कोरियाबीच व्यापक असमझदारी बढ्दो छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको क्षेप्यास्त्र परीक्षणका कारण उसँगको अमेरिकी सम्बन्ध बिग्रिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया