काठमाडौँ । निजामती कर्मचारी अब ६० वर्षमा अवकास हुने भएका छन् । बिहीबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नयाँ बन्ने निजामति सेवा ऐनमा नै उमेरहद ६० वर्ष राख्ने निर्णय गरेको बताएको छ।
हाल कर्मचारीको उमेरहद ५८ वर्ष रहेको छ। लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वको समितिले सिफारिस गरेको नेपालीहरूको औसत आयु बढेको भन्दै कर्मचारीको उमेरहद पनि बढाउन माग गरेको थियो ।
सन् २०१९ देखि पूर्ण रूपमा लागू हुने गरी कर्मचारीको उमेरहद ६० वर्ष कायम गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया