रेखा थापाको हात समातेर पछि लागे पशुपति शमशेर जबरा

काठमाडौँ । जनकपुरबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले सुरु गरेको धार्मिक जागरण यात्रामा नायिका रेखा थापा पुगेकी छन् ।

बिहिबारदेखि नेपाललाई हिन्दुराष्ट्र बनाउने भन्दै जागरण यात्राको सुरूवात गरेको यो अभियान नायिका थापाको केन्द्रीय अध्यक्ष पशुपति शम्शेर जबराले उनको हात समातेर पछि पछि लागेका छन् । जागरण अभियानमा केन्द्रीय अध्यक्ष पशुपति शम्शेर जबरा, र डा प्रकाशचन्द्र लोहनी थापाको पछि पछि लागेका छन् ।

नेपाललाई हिन्दुराष्ट्र बनाउने भन्दै उक्त जागरण यात्राको सुरूवात गरेको यो अभियान मंसिर ४ गतेसम्म चल्नेछ । जनकपुरमा दुबै अध्यक्षले संयुक्त रूपमा रथ यात्राको उद्घाटन गर्दै हिन्दु राष्ट्रको लागि चरणबद्ध यात्रासहितको संघर्षको घोषणा गरेको बताइएको छ ।

जनकपुरधाममा रहेको माता सीताको समाधिस्थलबाट सुरु भएको जागरण यात्रा चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर सम्पन्न हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?