गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल एक वर्षभित्र सञ्चालन हुन्छ: मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्ष भित्र निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गर्नुभएको छ ।

मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्ष भित्र संचालनमा आउने गरी काम भईरहेको दावी गर्नुभयो । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपालको आर्थिक विकासको गतिलाई तीव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कामलाई जोड दिनु परेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधारको कामलाई पनि तीव्रता दिइएको बताउनु भयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबारे नकारात्मक टिप्पणी आउने गरेकाले त्यसको सुधारमा केन्द्रित हुनु परेको पनि मन्त्री भट्टराईको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?