काठमाडौं । ८५ औँ शान्ति काव्य प्रवाहमा कविहरुले भारतले गरेको नेपाली भूभाग अतिक्रमणको तिव्र विरोध गरेका छन् । नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कविहरु समवेत स्वरमा गर्जिएः अतिक्रमित भूभागबाट भारतले तत्काल नेपाली भूमि फिर्ता गर्नुपर्ने बताएका छन्।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती (कात्तिक २७) का सन्दर्भमा कविहरुले महाकवि देवकोटाप्रति श्रद्धाञ्जली समेत अर्पण गरेका छन् । काव्य प्रवाहमा कवि अतृप्त पाण्डेद्वारा लिखित मेरो सम्झनामा नामक कृतिको शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकार्पण भएको थियो ।
शान्ति समाज केन्द्रिय सदस्य सरस्वती ढकालले सभापतित्व गर्नुभएको काव्य प्रवाहमा कविहरु ज्ञानु वाकर पौडेल, राम बहादुर पहाडी, डा।जीवन अधिकारी, रत्ननीधि रेग्मी, डा। बमबहादुर थापा जिताली, मदन कार्की, भाग्यशाली अधिकारी, ऋचा, दुर्गा बनवासी, पुनम घिमिरे, बिमला दाहाल, गंगा कर्माचार्य, त्रिभुवनचन्द्र वाग्ले, प्रकाशमणी दाहाल, राजेन्द्र प्रसाद ढुंगाना, अतृप्त पाण्डेय, जसध्वज गुरुङ, विजयध्वज थापा, मुकुन्द पौडेल, दुर्गा किरण तिवारी, उर्मिला पन्त पाण्डेय, त्रिपुरा पौडेल, कुसुम शर्मा, रश्मि रिमाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, विजयराज न्यौपाने, अशोक घिमिरे, डिल्लीप्रसाद मूलति लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया