काठमाडौ । मन्त्रीहरू हेरफेरकाे विषयले लामाे चर्चा पाएपनि ढलाइ हुँदै आएकोमा भाेलि शुक्रबार बस्ने नेपाल कम्युनिस्ट पार्टीको बैठकले भने निर्णय लिने भएकाे छ । नेकपा उच्च स्राेतकाे अनुसार शुक्रबार प्रम केपी शर्मा ओली र प्रचण्डबीचकाे बैठकले मन्त्री हेरफेरबारे निर्णय लिन लागेकाे हाे ।
स्राेतकाे अनुसार आधा दर्जन मन्त्रीहरू हेरफेर हुनेछन् । सचिवालयको निर्णयपश्चात सपथग्रहणकाे टुंगो लाग्नेछ । प्रधानमन्त्री ओलीले लामाे समयदेखि मन्त्रीहरू हेरफेरकाे तयारी गरेपनि विभिन्न कारणले ढिलाइ हुँदै आएकाे थियो । मन्त्रीकाे लागि दुई दर्जन आकांक्षी भएपनि ६ देखि ८ जना नयाँ अनुहार आउने स्राेतकाे भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया