काठमाडौँ । अतिक्रमित भूमि सुरक्षाको माग गर्दै दायर रिटको सुनुवाइ शुक्रबार हुने भएको छ । सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भूभाग भारतबाट अतिक्रमण भूमि सुरक्षाको माग गर्दै दायर रिटको सुनुवाइ आज हुने भएको छ ।
प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा मुद्दा पेशीमा रहेको छ । अधिवक्ता कञ्चनकृष्ण घिमिरे र फणिन्द्र नेपालसहितले दायर गरेको छुट्टाछुट्टै रिट राणाकै इजलाशमा पेशीमा परेको छ । रिट निवेदनमा भारतबाट अतिक्रमित नेपालको जग्गा तथा सिमाना निर्धारणका लागि आवश्यक कूटनीतिक पहल तथा नीतिनियम र निर्देशन गरी राष्ट्र हित कार्य गर्नका लागि परमादेशको माग गरिएको बताइएको छ।
रिट निवेदनमा नेपालको संविधानमा राष्ट्रिय हित तथा राष्ट्रिय सुरक्षासम्बन्धी सार्वभौमसत्ता सम्पन्न जनताको हकअधिकार र राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमानको रक्षा गर्न भएको व्यवस्थाअनुसार सुरक्षा गर्न माग गरिएको छ। रिट निवेदनमा सीमामा अतिक्रमित भूमिका बारेमा राज्य मौन बस्दा सर्वसाधारण जनतालाई असर परिरहेको भन्दै स्वतन्त्रतापूर्वक सार्वभौमसत्ता सम्पन्न भई बाँच्न पाउनु समस्त नेपालीको अधिकार भएको र यसको कार्य गर्नु सरकार र राज्यको दायित्व भएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया