काठमाडौं। विश्वका ८००० मिटर भन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गरि विश्व किर्तिमान बनाएका निर्मल पूर्जालाई हामा आईरन एण्ड स्टील ई. प्रा.लीले साथ दिएको छ। ६ महिना ६ दिनमा ८००० मिटर भन्दा अग्ला १४ वटा हिमाल आरोहण गरि बिश्व रेकर्ड बनाएका थिए।
उनको शाहसपूर्ण यात्रालाई ‘हामा आईरन एण्ड स्टील तथा प्रिमियर इन्स्योरेन्स कम्पनी’ (नेपाल)ले शुरुवाती समयदेखि नै साथ र सहयोग गर्दै आइरहेको बताएको छ । हामा आईरन एण्ड स्टील भौतिक रुपमा र प्रिमियर इन्स्योरेन्सले बिमाको सुविधा प्रदान गरेको जारीको प्रेस विज्ञप्तीमा भनिएको छ ।
हामा आईरन एण्ड स्टीलका प्रबन्ध निर्देशक तथा प्रिमियर इन्स्योरेन्सका सञ्चालक राजन कृष्ण श्रेष्ठको व्यक्तिगत प्रयासमा निरन्तर सहयोग र प्रयासको पनि योगदान पनि रहँदै आएको विज्ञप्तीमा भनिएको छ । ‘निम्स दाई’को यस सफल यात्राले नेपाललाई पनि बिश्वमान चित्रमा सबैका अगाडी चिनाउन मद्दत गरेको छ । ‘१४/७ प्रोजेक्ट पोसिवल’ नाम दिइएको यस सफल मिसनमा नेपालको पनि मान–प्रतिष्ठा जोडिएको छ, भने एउटा विदेशमा कार्यरत नेपालीले नेपाललाई विश्वव्यापी रुपमा चिनाउन समेत यो मिसन सफल भएको बताइएको छ ।
यो कीर्तिमानले बिश्वमा नेपालीहरुलाई हौसला थप्नुको साथै बिश्व सामु नेपालको पर्वतारोहण पर्यटनलाई समेत यस अभियानले टेवा पु-याएको हामा आईरन एण्ड स्टीलले बताएको छ । भूतपूर्व ब्रिटिश गोर्खा रहेका निर्मल पूर्जाले ७ महिना भित्र बिश्वका १४ वटा अग्ला सलफल हिमाल आरोहण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया