सीमा अतिक्रमणविरुद्ध स्रष्टाको अभियान

काठमाडौं | नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत राखेर छिमेकी भारतले हालै आफ्नो नयाँ नक्शा सार्वजनिक गर्नुले नेपाली सार्वभौमिकतामाथि हस्तक्षेप भएको विरोधमा स्रष्टा चरणबद्धरुपमा सिर्जनासहित सडकमा निस्कन थालेका छन् ।

सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरोधी लेखकीय मोर्चाका रुपमा स्थापित प्रगतिशील लेखक सङ्घले ‘सीमा अतिक्रमणविरुद्ध स्रष्टाहरु २०७६’ अभियानको घोषणासहित आइतबार काठमाडौँको रत्नपार्कस्थित शान्तिबाटिकामा प्रदर्शन तय गरेको छ । सङ्घका अध्यक्ष डा जीवेन्द्रदेव गिरीले कविता, गीत, नृत्यसहित आफूहरु सीमा अतिक्रमणको विरोधमा उत्रन लागेको जानकारी दिनुभयो ।

यसअघि सत्तारुढ नेकपा निकट जनसांस्कृतिक महासङ्घ नेपालले गत साता सोही स्थलमा साहित्यिक प्रस्तुति गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?