एनआईसी एशिया बैंकको नाफा बढ्यो, पहिलो त्रैमासमै एक अर्ब कमायो

काठमाडौं।‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्कृष्ट बैंकिङ सेवा प्रवाह गर्दै आएको एनआईसी एशिया बैंकले एकपछि अर्को सफलता हासिल गर्दै आएको छ ।

बैंकले पहिलो त्रैमासमै (असोज मसान्तसम्म) एक अर्ब नाफा कमाएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ३४ प्रतिशतले बढी नाफा हो ।

नाफामा उल्लेख्य सुधार देखिए पनि व्याज खर्च अधिक हुँदा खुद व्याज आम्दानी भने १.२२ प्रतिशतले घटेको छ। यस्तो आम्दानी गत वर्ष एक अर्ब ८६ करोड रुपैयाँ रहेकामो यो पटक एक अर्ब ८४ करोड रुपैयाँ छ।

असार यता बैंकले निक्षेप संकलन १.३६ प्रतिशतले बढाएको छ ।
यस्तै तीन महिनाको अवधिमा बैंकले एक खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ५४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।

चुक्ता पूँजी ९ अर्ब ७१ करोड रहेको बैंकको जगेडा कोषमा चार अर्ब ५० करोड रुपैयाँ जम्मा भएको बताइएको छ ।

यस्तै पूँजी कोष अनुपात १२.०४ प्रतिशत छ। हुँदा खराब कर्जा ०.४५ प्रतिशत रहेको छ ।

यस्तै आधार व्याजदर १०.७७ प्रतिशतबाट घटेर ९.५१ प्रतिशतमा झरेको छ भने स्प्रेडदर ५ १० प्रतिशत छ।

यसैबीच बैंकले प्रतिशेयर आम्दानी ४० रुपैयाँ पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?