उपनिर्वाचनमा कांग्रेसले नजिते लोकतन्त्र संरक्षण हुँदैन : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनमा पनि नेपाली कांग्रेसलाई विजयी नगराए देशमा लोकतन्त्र धरापमा पर्ने बताउनुभएको छ ।

आज कास्की क्षेत्र नम्बर २ मा पर्ने पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्यालय उद्घाटन गर्नुहुँदै नेता पौडेलले अझै पनि जनताले नबुझेर अन्य पार्टीका उम्मेदवारलाई मत दिए लोकतन्त्र धरापमा पर्ने बताउनुभएको हो ।

सरकार भ्रष्ट्राचारका विषयमा मुख नखोलेको र काम नगर्ने ठेकेदारलाई संरक्षण गर्न लागिपरेको भन्दै अबको उपनिर्वाचनमा पनि जनताले नेकपाका उम्मेद्वारलाई मत दिए सरकारलाई भ्रष्ट्राचार गर्न मत दिएको ठहरिने उहाँको दावी छ ।नेता पौडेलले पोखरा महानगर पालिका१७ को सम्पर्क कार्यलय उद्द्घाटन कार्यक्रम र घरदैलो कार्यक्रममा सहभागी हुनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?