काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल प्रा.लि. परेको छ । आन्तरिक राजस्व विभागले कर दिवसको अवसरमा आइतबार राजधानी एक कार्यक्रमकाबिच प्रा.लिलाइ सम्मान गरेको हो।
बिभागले वर्षभरिमा धेरै कर तिर्ने करदाताका रुपमा सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीलाई सम्मान गरेको हो।
साथै उक्त कार्यक्रममा एक वर्षभरिमा सरकारलाइ धेरै कर बुझाउने अन्य कम्पनीहरुलाइ समेत सम्मान गरिएको छ । कर दिवसको अवसरमा बिभागले बिभिन्न १५ वटा विधा निर्धारण गरी उत्कृष्ट कर दाताहरु छनौट गरी सम्मान गरेको हो। कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मानित गरिएको बिभागले जनाएको छ ।
यसैक्रममा सिद्धार्थ शमशेर जबरालाइ भने व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने व्यबसायीको रुपमा सम्मान गरिएको छ ।
पर्यटन व्यवसायमध्ये तारागाउँ रिजेन्सी होटल लिमिटेडका कार्यकारी निर्देशक सुरेस लाल श्रेष्ठ, अग्नि इन्टरप्राईजेजका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठ,मध्यमस्तरीय करदाता मध्ये कामना सेवा विकास बैंक लिमिटेडका हरि प्रसाद लम्साल , आन्तरिक राजस्व कार्यालयहरुको कार्यक्षेत्रभित्र रही सबैभन्दा बढी आयकर तिर्ने भीएस सर्भिसेस मोरिसस प्रालिका प्रबन्धक मधुकर कार्की आदीलाइ व्यवसायमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मान गरिएको छ । साथै घोराही सिमेण्ट उद्योगलाइ मूल्यअभिवृद्धि करतर्फ उत्कृष्ट कर संहिता भएको तथा २०७४/०७५ मा सबैभन्दा बढी मूल्यअभिवृद्धि कर पतर्ने करदाताको रुपमा सम्मानित गरिएको छ ।
यसैक्रममा बिभागले निर्यातकर्ताहरुको तर्फबाट सबैभन्दा बढी आयकर तिर्ने कर दाताको रुपमा मदिरा र चुरोट बाहेकका उद्योग तर्फबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता जगदम्बा स्टिल्स प्रालि (प्रबन्धनिर्देशक सुलभ अग्रवाल), बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबारमध्ये राष्ट्रिय वाणिज्य बैकका प्रमुख (कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठ), डाबर नेपाल प्रालि (प्रमुख पंकज बजाज), कृषि एवं पशुपक्षीजन्य उद्योगबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्नपुर्ण एग्रो इण्डष्ट्रिज प्रालि (वित्त निर्देशक राजकुमार पराजुली), सहकारी तथा लघु वित्तबाट छिमेकी लघुवित्त वित्तीय संस्था (प्रमुख कार्यकारी रामचन्द्र जोशी), सूचना प्रविधि क्षेत्र मध्येबाट वल्र्ड लिंक कम्युनिकेसन (अध्यक्ष दिलिप अग्रवाल) बीमा व्यवसायबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता नेपाल लाइफ इन्सुरेन्स कम्पनी (प्रमुख कार्यकारी अधिकृत विवेक झा) तथा स्वास्थ्य तथा शिक्षा सेवामध्येबाट सबैभन्दा बढी आयकर तिर्ने कर दाता मणिपाल एजेकुसन एण्ड मेडिकल ग्रुप नेपाल प्रालि (जनसम्पर्क अधिकृत रवि कुमार विष्ट) समेतलाइ सम्मान गरिएको बिभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया