जनता र ग्लोबल आइएमई बैंक एक आपसमा मर्ज हुँदै

काठमाडौं । जनता बैंक र ग्लोबल आइएमई बैंक एक आपसमा गाभिने भएका छन् ।

दुबै बैंकले मर्जरमा जाने प्रस्ताव र प्रस्तावित लाभांश पारित गर्नका लागी आज एक साधारण सभा हुन लागेको छ।

यसैक्रममा जनता बैंकले ६ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । भने ग्लोबल आइएमई बैंकले १२ दशमलव ७५ प्रतिशत नगद लाभांश र १२ दशमलव ७५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ ।

दुई बैंकबीच यसअघि नै जनता बैंकको १०० कित्ता शेयर बराबर ग्लोबल आइएमई बैंक लिमिटेडको ८५ कित्ता शेयर आदानप्रदान अनुपात कायम गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?