आन्दोलनका कारण हङकङ आर्थिक मन्दीको चपेटामा

काठमाडौँ । चिन प्रशासित हकङंकमा भइरहेको हिंसा बढ्दै गएको छ । यो महिनामा प्रदर्शनका क्रममा एक छात्रको मृत्यु भएको छ । यसबीचमा प्रदर्शन भइरहेको समयमा एक मास्क लगाएका आन्दोलनकर्ताले फालेको इटाले ७० वर्षिय वृद्धको शनिबार मृत्यु भएको छ । सामाजिक संजालमा यो घटनाको भिडियो बाहिर आएको थियो । हकङंकका एवायरनमेटल हाउजिन डिपार्टमेन्टले आफ्नो कर्मचारीको मृत्युको दुख व्यक्त गरेका छन्। साथै परिवारलाई सहयोग गर्ने समेत बताएको छ ।

प्रदर्शनका कारण शहरका अधिकांश क्षेत्रको कामकाज पूर्णरुपमा ठप भएको छ । मुख्यरुपमा पर्यटन र खुदरा व्यपारमा ठुलो क्षति भएको छ । जस्तो हकङकको सरकारले यस विषयमा भने पृष्टि गरेको छ । एक दशक पछी आर्थिक मन्दी आएको छ । हङकंङ प्रसशानले शुक्रबारको जारी आर्थिक तथ्याङमा बताएको छ । जीडीपी ३।२ प्रतिशत झरेको छ । यसको साथै शहरको अर्थव्यवस्था अब मन्दीको चपेटा गइरहेको छ ।

सरकार विरोधी प्रदर्शनकारीले हङकङको अधिकाश क्षेत्रमा स्कुल बन्द रहेको छ भने । विमानस्थल, राजमार्गमा गाडीहर संन्चालन आएका छैन्न । विध्यार्थीहरुले विश्वविधालय परिसरको बाटो समेत बन्द गरेका छन् । यसै बिचमा अधिकारीहरु हिसा रोक्नलाई विभन्न उपाय खोजी रहेका छन् ।

प्रदर्शनकारीहरुले बैरियरो र कबाडी समानको मद्दले क्रास हार्बर टनलको बन्द गरेका छन् । अहिले हङकङमा कोवलून क्षेत्रलार्इ जोड्ने गर्दछ । यस क्षेत्रमा अत्याधिक ट्रफिक जाम भइरहेको छ । सरकारले एक फेरी एक पटक कम्पनीहरुलाई आग्रह गरेको छ । कर्मचारीहरुले लचीले र तरीको व्यवस्था गरी यस समस्याबाट बच्न सकियोस्।

हङकङ भएको प्रदर्शनको गत जुन महिना देखि चल्दै आएको छ । सरकारले एक प्रत्यर्पण बिल पेश गरेको थियो । यस कानुन लागु भएमा हङकङको अपराधीलाई चिनमा मुद्दा चलाउन पठाउन सकिने थियो । अत्याधिक विरोध पछि यो बिल रद्द गरिएको छ । तर यस क्रममा शुरु भएको प्रर्दशन रोकिने संकेत देखिएको छैन । अहिले लोकन्त्रिक प्रशासनको माग भइरहेको छ ।

यसै बिच हङकङका नेता कैरी लामको मुख्य कानूनी सल्हाकार टेरेसा चेगलाई  लन्डनमा एक भिडले धक्कामुक्की गरिएको थियो । जसका कारण गम्भिर घाइेत भएकि छन् । यसै क्रममा प्रदर्शनकारीले हत्याराू एवं शर्मनाकू जस्ता नारा समेत लागएका छन् । हङकङ सरकारको तर्फबाट जारी विज्ञप्तीका अनुसार भनिएको छ स चेगलार्इ शारीरिक गम्भिर चोट लागेको छ । अरु थप यस विषयमा सरकारले केही बताएको छैन ।

बेलायतमा रहेको चीनको दुतावासले भनेको चेगलार्इ धक्का दिदा जमिनमा लडेकि छन्। उनलाई सामान्य चोट लागेको छ । चेग माथि चीन विरोधी एंव स्वतन्त्रता नारा लागाउदै समर्थकहरुले उनलाई  घेराउ गर्नुको साथै उनी माथि हमला गरिएको थियो । दुतावासका अनुसार यस घटनाले देखाएको छ कि हिंसक एंव गैरकानूनी दोषीू अहिले देश बाहिर पनि हुन थालेको छ ।

चीनले यस घटनामा ब्रिटेनमा आधिकारिक रुपमा यस घटनालाइ मुद्दा दर्ता गरिएको छ । घटनाका दोषीलार्इ कानुनी कार्वाहीको माग गरिएको छ । हङकङका नेता कैरी लामले यस घटनाको निन्दा गरेका छन् । चेग हङकङका नेता कैरी लामका मुख्य कानूनी सल्लाहकार रहेका छन्। उनिले प्रस्तावित बिलले ठुलो भूमिमा रहेको थियो । महिनौ चलिरहेको विरोध प्रदर्शनले हङकङमा केही दशकमा सबै भन्दा ठूलो राजनीतिक संकटमा पर्ने दिएको छ । २०१२ देखि चीनको सत्ता रहेका राष्ट्रपति शी जिनपिंगका अगाडी यो सबै भन्दा ठूलो चौनती बनिरहेको छ ।

प्रहरीले भनेको छ स चायनीज यूनिवर्सिटी अहिले पेट्रोल बम बनाउने अड्डा बन्दै गएको छ । यहाँका विधार्थीहरुले आतकवाद निजिकको दिशामा कदम चालिरहेका छन्। जुन महिनाको सुरु हिंसा भए पछि यता अहिले १२ देखि ८३ उमेरका करिब ४ हजार मानिसहरुलार्इ हिरासतमा लिएको छ । विरोध प्रदर्शन र संकटबाट अहिले केही उपाय देखिएको छैन।

यसका अधिकांश मानिसहरु निराश रहेका छन्। उनीहरुले भनेका छन्। उनीहरुको स्वतन्त्राको अधिकारको हनन भइरहेको छ । १९९७ मा बेलायतले हङकङलाई चीनलार्इ दिए पछी एक देश दुर्इ व्यवस्थामा संचालन हुदै आएको छ ।

चीनले भने हङकङको आन्तिरक मामलामा दखल दिएको भन्ने आरोपको खडन गर्दे आएको छ । चीनले यो समस्या मूख्य कारक बेलायत र अमेरिका लगायत पश्चिमी देशहरुको बताउँदै आएको छ । अमेरिकन संसदका एक सल्लाहाकार समतिका संसदले आग्रह गरेका छन् कि चीनले प्रदर्शन रोक्नका लागि बल प्रयोग गरिरहेको छ। हङकङलाई दिएको विशेष अधिकारको कानुन बनाएर उसले खोस्न लागेको उनले बताए । हङकङ प्रशसानले यस विषयमा विरोध गरको छ । अहिले भर्इरहेको आन्दोलन उसको आन्तिरक समस्या भएको र विदेशी सरकारले यस विषयमा दबाव दिन जरुरत नभएको बताएको छ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?