पर्सामा काठ तस्कर र वन गस्ती टोलीबीच गोली हानाहान

काठमाडौं । पर्सामा काठ तस्कर र वन गस्ती टोलीबीच गोली हानाहान भएको छ ।

सवडिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा वन कार्यालय बढनिहारबाट गएको वन गस्ती टोली र तस्कर समूहबीच जम्काभेट भएपछी गोली हानाहान हो ।

साइकलमा काँचो सालको गोलिया ल्याउँदै गरेका तस्कर समूहले वन गस्ती टोलीलाई लक्षित गरी एक राउण्ड फायर गरेपछि जवाफमा वन गस्ती टोलीले दुई राउण्ड फायर गरेको डिभिजन वन कार्यालय पर्साले जनाएको छ ।

घटनास्थलबाट वन गस्ती टोलीले चार वटा सालको गोलिया काठ, काठ ओसार्न प्रयोग गरिएको साइकल ४ थान, दुईवटा हाते आरा र दुई वटा बञ्चरो बरामद गरेको वन गस्ती टोलीले जनाएको छ ।

बरामद काठ र साइकल आवश्यक कारबाहीका लागि शव डिभिजन वन कार्यालय बढनिहारमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?