ट्रम्प राष्ट्रपति रहुन्जेल अमेरिकाको सुरक्षा र भविष्य खतरामा : बाइडेन

काठमाडौँ । आगमी २०२० मा हुने अमेरिकन राष्ट्रपति निवार्चनका लागि चुनावी प्रचार तिव्र भएको छ । अमेरिका पूर्व उपराष्ट्रपति जो बाइडेनले राष्ट्रपति ट्रम्प अमेरिकनहरुको भविष्यको लागि खतरा भएको बताएका छन् ।

अमेरिका पूर्व उपराष्ट्रपति जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संकेत गर्दै भनेका छन् । अमेरिकामा राष्ट्रपति ट्रम्प हुदा सम्म देशमा सुरक्षा र भविष्य खतरामा रहेको बताएका हुन ।

२०२० मा हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार दावेदार बाइडेनले भने ; ” जबसम्म ट्रम्प यहाँ रहेका छन्,तब सम्म हामीले जुन कुरा एंव समस्याको चिन्ता गरिरहेका छौ, यसलाई अनिश्चितता रहेको छ।”

नेवादा डेमोक्रेटिक पार्टी कांग्रेसको लागि १०० दिन कम रहेको छ । बाइडेन राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मीदवारको दावेदार रहेका छन् ।

लास वेगासमा आयोजित एक प्रचारका क्रममा बाइडेनले गरीबीमा रहेका जनाताका लागि समधान गर्ने बताएका थिए । यस्तै उनले भने न्यूनतम पारिश्रमिक 15 डलर प्रति घण्टा हुनु पर्ने बताएको स्थानिय संचार माध्यमहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?