चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका दम्पतीलाई प्रोत्साहन रकम दिने घोषणा गरिएको छ । उत्तर-पूर्वी भारतको मिजोरममा एउटा गिर्जाघरले यस्तो घोषणा गरेको हो |निरन्तर जन्मदर घट्न थालेपछि गिर्जाघरले पछिल्लो कदम चालेको होमिजोरममा खासगरी मिजो जनजातिमा घट्दो जन्मदरलाई लिएर त्यहाँका मिजो संगठन र गिर्जाघर निकै चिन्तित छन्हुन त सो राज्यका दुई ठूला गिर्जाघर प्रेस्बिटेरियन र द बापटिस्ट चर्च अफ मिजोरमले बढी सन्तान जन्माउन निरन्तर आह्वान गर्दै आएका छन्हालै लुंगलेई शहरस्थित बापटिस्ट गिर्जाघरको शाखाले सो क्षेत्रका खासगरी मिजो दम्पतीले चार वा सोभन्दा बढी बच्चा जन्माए प्रोत्साहन स्वरूप रकम दिने घोषणा गरेको थियोबीबीसीका अनुसार गिर्जाघरले चौथो बच्चाका लागि चार हजार भारतीय रूपैयाँ, पाँचौँका लागि पाँच हजार र सोही क्रम अनुसार पछिका बच्चाका लागि प्रोत्साहन रकम दिने छगिर्जाघरको त्यस्तो घोषणाबारे मिश्रित प्रतिक्रिया आइरहेको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया