नेपाल बैंक लिमिटेडले २३ वर्षपछि लाभांश वितरण गर्दै

काठमाडौं। नेपाल बैंक लिमिटेडले लामो समयपछि शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले करिब २३ वर्षपछि मात्र आफ्ना ग्राहकहरुलाइ लाभांश वितरण गर्न लागेको हो । मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसै अनुसार बैंकले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाइ नेपाल राष्ट्र बैंकबले स्वीकृति दिनुपर्ने हुन्छ । राष्ट्र बैंकको स्वीकृती पाएपछि आगामी साधारण सभाबाट पारीत भएपछि मात्र शेयरधनीहरुले पाउने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?