काठमाडौँ । बंगलादेशमा प्याजको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले हवाई जहाजबाट तत्काल प्याज आयात गर्ने निर्णय गरेको सरकारी अधिकारीकाले बताएका छन् । प्याजको मूल्यमा उच्च वृद्धि भएपछि बंगलादेशका प्रधानमन्त्रीले प्याज खान छोडेको बताइएको छ।
प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याजको प्रयोग बन्द गरिको बताएको छ । भारतबाट निर्यात गर्न रोक लगाएपछि उसको छिमेकी देशमा प्याजको मुल्य आकाशियको छ ।
भारतमा मनसुनको समयमा अत्याधिक वर्षका कारण प्याज उत्पादनमा कमी आएको छ । दक्षिण एशियाका देशमा प्याज महत्वपूर्ण रहेको हुन्छ । बंगलादेशमा एक किलो प्याजको मूल्य ३० टका (४० रुपैयाँ किलो) रहेको छ। तर भारतबाट निर्यात बन्द भएपछि यसको मुल्य उच्च रहेको छ ।
बंगलादेशमा अहिले प्याज मूल्य २६० टका (करिब ३५२ रुपैयाँ प्रति किलो) पुगेको छ । बंगलादेशका प्रधानमन्त्री शेख सहिनाका उप-प्रेस सचिव जाहिद तुषारका अनुसार प्याज अहिले हवार्इ मार्गबाट ल्याउने गरिएको छ। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया