काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नाम जोडिएर आएका समाचारप्रति सचिवालयले आपत्ति जनाएको छ । अध्यक्ष प्रचण्डको निजि सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै समाचारप्रति आपत्ति जनाएको हो ।
सचिवालयबाट जारी विज्ञप्तिमा लेखिएको छ, “हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।”
विज्ञप्तिमार्फत मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले जोड दिईरहनुभएको भन्दै भ्रममा नपर्न सबैमा आग्रह समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया