काठमाडौं । भारतको केन्दिय सरकारले एयर इडिया र भारत पेट्रलियम करपोरेशन लिमिटेड (बीपीसीएल) सहित २८ सरकारी कम्पनी आंशिक हिस्सा राख्ने गरि बेच्ने निर्णय गरेको छ । वित्त राज्यमन्त्री अनुराग ठाकुरले सोमवार बसेको लोकसभामा सोधिकएको प्रश्नमा भनेका छन्; यो पीएसयूको विनिवेश कवायद वृद्धि गरिरहेको छ ।
उनी भन्छन्; सरकारले लामो समयदेखि आफ्नो व्यपारको लक्ष्य पुरा गर्ने दिशमा कदम चलिरहेको छ । वित्त वर्ष २०१९-२० का दौरान सरकार १७,३६४ करोड रुपैया संकलन समेत गरेको छ ।
सरकारको हिस्सा हुने गरि बेच्च लागिएको २८ कम्पनीको सुचि समेत सार्वजिक गरेकको छ। यसमा पवन हंस लिमिटेड,भारत अर्थ मूवर्स लिमिटेड, आईटीडीसी लगायत रहेका छन् ।
पछिल्लो हप्ता केंद्रीय वित्त मंत्री निर्मला सीतारमणले एयर इडियामा हिस्सामा बेच्ने प्रकृया अन्तिम चरणमा रहेको बताएकि थिन्। यसका लागि रोड-शो निवेदन दिनेहरुको उत्साह समेत देखिएको थियो । वित्त वर्षमा एयर इडियाको केही हिस्सा बेच्ने तयारी भएको छ ।
बीपीसीएल र एयर इंडियामा रहने हिस्सा बिक्न कति सक्छ त । जानकारहरुका अनुसार केन्द्रिय सरकारले यस कम्पनीका लागि कानुनी सलल्हकार र सेट वैल्युअरको नियुक्तिका लागि प्रस्ताव मागिएको थियो ।
सरकारको लक्ष्य अनुसार एयर इडिया र बीपीसीएल हिस्सा बिक्रि हुनेमा करिब एक लाख करोड रुयैयाँ भन्दा धेरै लक्ष्य लिएको बताइएको छ । बीपीसीएलको हिस्सा बेच्नलार्इ अहिले पनि कैबिनेट सहमति जुडन सकेको छ । बीपीसीएलको विनिवेशको प्रस्ताव केन्द्रिय मन्त्री मडलमा सहमितका लागि पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया