काठमाडौँ । भारतको सियाचिनमा उत्तरी ग्लेशियरमा सोमबार भएको हिमपहिरोमा परि चार भारतीय सैनिकका जवान सहित दुइ कमदारको मृ्त्यु भएको छ ।
सेनाका अनुसार सोमबार दिउँस ३:३० बजे १८ हजार फिटको उचाइमा गएको हिमपहिरोका कारण आर्मीको केही चौकी समेतमा क्षति पुगेको छ । हिमपहिरो गएको समयमा ८ जना जवानको दलले गस्ती गरिरहेका थिए ।
सैनाका अनुसार आठ जवानहरु टुकडीको पोष्टमा विरामी भएका एक जवानको उद्धारका गएका थिए । त्यही समयमा हिमपहिरोमा फसेका थिए । उद्धार दलले आठ जवानको हिमपहिरोबाट बाहिर लगेको छ । गम्भिर घाइते भएका ७ जवानको हेलिकप्टरबाट उद्धार गरि नजदी सैनिक अस्पतालमा पुराएको थियो । हाइपोथर्मियाका कारण दुइ सैनिकको मृ्त्युको भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया