दुर्घटनामा शवको फोटो खिच्दै थिए, तर प्रहरीले … (भिडियो)

काठमाडौँ । सडक दुर्घटना भएमा जुनसुकैले पनि सहयोग गर्दछन् अथवा एम्बुलेन बोलाउने गर्दछन्। तर कोही मान्छे यस्ता पनि हुन्छन् जो फोटो खिच्नका लागि नै व्यस्त हुन्छन् । जर्मनीमा पनि यस्तै भएको छ । प्रहरीले पनि यस्तै गरेका कारण अहिले यो भिडियो भाइरल भएको छ ।

बवेरियामा न्यूरेमबर्गको हाइवेमा एक दुर्घटनामा एकको मृत्यु भयो । हाइवेमा अर्कोतर्फबाट आएका गाडीका मानिसहरुले त्यसको फोटो लिएका थिए। यहि कारण हाइर्वमा ट्रफिक जाम पनि भयो । जर्मनीमा सडक दुर्घटनाको अनधिकृत फोटो लिने माथि जरिवाना रहेको छ ।
तर जरिवाना माग्नु भन्दा पहिला त्यहाँ तैनाथ प्रहरीले त्यहाँको फोटो लिने मानिसहरुलाई कारबाही गर्नुको सट्टा लज्जित बनाएका छन् ।

भाइरल भएको भिडियोका अनुसार निकटवर्ती ट्रांसपोर्ट पुलिस स्टेशनका प्रमुख श्टेफान फाइफरका अनुसार केही गाडी चालकहरु माथि दुर्घटनाग्रस्त ट्रकको मृतक चालकसँग साथमा फोटो लिएको आरोपमा केहि मानिसहरुलाई पक्राउ समेत गरिएको छ । गाडीभित्र रहेका यात्रुहरुलाई समेत सोधिएको छ कि के तपाई मरेको लासमाथि फोटो खिच्न सक्नु हुन्छ?

प्रहरी प्रवक्ताका अनुसार फाइफर कसैले पनि मृतकको शव देखाउन हुँदैन थियो । तर उनीहरुले यस्तो कार्य गरेका कारण उनिहरु जरिवाना लिनु भन्दा पहिले उनीहरुलालाई ललज्जित गराउन प्रहरी यस्तो गरेको बताएइएको छ ।
जरिवाना तिराउदैमा उनीहरुको व्यवहारमा कुनै अनुशासनात्मक कार्य हुने छैन। प्रवक्ताका अनुसार उनीहरको व्यवहारको कारण कुनै तेस्रो व्यक्तिलाई नोक्सान पुराउन पनि हुँदैन । तर उनीहरुको कारणले प्रहरी यस्तो गर्नु परेको प्रहरीले बताएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?