काठमाडौँ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीस्ट गराएर राष्ट्रिय राजनीतिमै तरङ्ग पैदा गराउँदै आएका सुदुरपश्चिमका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई मंगलबार पक्राउ गरेको हो ।
जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसलाअनुसार उनलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाका लागि पक्राउ गरिएको हो ।
उनलाई जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले एक रुपैयाँ जरिवाना समेत तिरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया