काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले भारत र चीनको सीमा विवादको विषयमा सरकारकै कमजोरी रहेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा. त्यस्तो कुरा औल्याउनुभएको हो । साथै हाम्रा छिमेकी देशहरुसँगको सम्बन्धको विषय अत्यन्तै संवेदनशील र महत्वपूर्ण रहेको र हामीले त्यसलाइ आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो । । बर्तमान सरकारले कामभन्दा बढि कुरा गरेको वर्तमान सरकारले गर्न नसकेको कुराघामजस्तै छर्लङ रहेको समेत बताउनुभियो । जहाँ कुरा राख्नुपर्ने हो, त्यहाँ नराख्ने र बाहिर चाहीँ त्यसबारेमा बढाईचढाँई गरेको प्रति आमत्ती समेत जनाउनुभयो ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले कालापानी, महाकालीको विषय पूरानो भएको समेत बताउनुभयो । । यसै प्रसंगमा उहाँले थप्नुभयो ‘नेपाली कांग्रेसको सरकार हुँदा, सुशिल कोइरालाजीले पनि र शेरबहादुर देउवाजीले पनि जहाँनिर यो विषय उठाउनुपर्ने थियो, यो उठाउनु भएकै हो । म परराष्ट्रमन्त्री हुँदा हामीले द्धिपक्षीय सीमा संयन्त्र बनायौं, यसले चाँडोभन्दा चाँडो सीमा विवादको समस्या हल गर्ने कुरा टुँगो लगाउने सहमति भएको हो । त्योअनुसार यो संयन्त्रले काम पनि अघि बढाएको हो ।’
वर्तमान सरकार बहुमतको सरकार रहेको बताउँदै, उहाँले सत्तामा नहुँदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुले राष्ट्रियता ‘हाम्रै काँधमा उभिएको छ’ झैं गरि कुरा गरेको टिप्पणी समेत गर्नुभयो । “नेकपाले सत्तामा आएपछि विषय उठाएको हामीले पाएका छैनौं ,सत्तामा आएपछि द्धिपक्षीय पटक–पटक बैठकहरु भए, भेटवार्ता भए, कहीँकतै यी विषय उठाएको हामीले पाएनौं । यो सरकार हाम्रो राष्ट्रिय स्वार्थ र अखण्डताप्रति गम्भिर नभएको स्पष्टनै छ “। भन्दै सरकारले यसलाइ गम्भिरतापुर्वक लिनुपर्नेमा जोड दिनुभएको छ ।
नेपालको जमिन चीनले पनि अतिक्रमण गरेको भन्ने कुरा पत्रपत्रिकामा आएको उल्लेख गर्दै ‘चिनियाँ सरकारको जहाँसम्म सवाल छ, अहिले पत्रपत्रिकामा धेरै ठाउँमा अतिक्रमण भयो भन्ने छ, त्यही महाकालीको सम्बन्धमा पनि भारतसँग सम्झौता गरेको अवस्था छ, यस विषयमा पनि सरकार पटक्कै बोल्दैन् । बरु ढुङो बोल्ला तर सरकार बोल्दैन् । त्यसकारण हामी के भन्छौं भने भारतसँगपनि यो महाकाली लिपुलेकको सम्बन्धमा चाँडोभन्दा चाँडो कुटनीतिक तहमा उच्चस्तरीय वार्तामार्फत तथ्य, तथ्यांक र आधारसहित नेपाल सरकार प्रस्तुत हुनुपर्छ ।’
त्यस्तै उहाँले नेपाल र चीनको सीमा विवादको सवालमा पनि सरकारले सत्य, तथ्य बाहिर ल्याउनुपर्ने माग गर्नुभएको छ । उहाँले भन्नुभयो ,‘नेपाल र चीनको सीमा छ, त्यहाँपनि धेरै ठाउँमा अतिक्रमण भएको छ भन्ने कुरा पत्रपत्रिकामा आएको छ । हामीलाई थाहा छैन् । चिनियाँ सरकारले होईन भनिरहेको छ । यो विषयमा पनि छानबिन गरी सरकारले सत्थ–तथ्य बाहिर ल्याउनुपर्छ । र, अतिक्रमण भएको छ भने त्यो विषयमा चिनियाँ सरकारसँग कुरा उठाउनुपर्छ । तर, वर्तमान सरकार गम्भिर छैन् । गम्भिरताका साथ यी कुराहरु सम्बन्धित ठाउँमा नउठाउनाले यी जटिलताहरु थपिरहेको हामीले महशुस गरिराखेका छौं । यो जमिन नेपालकै रहनुपर्छ । तथ्य र प्रमाणलेपनि यही भन्छ ।’
साथै महतले आगाम िमंसिर १४ गते हुने उपनिर्वाचनले वर्तमान सरकारलाई सशक्त सन्देश दिने सम्ेत् बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया