होटल साहुनीले प्रहरीलाई ५० हजार घुस दिन खोज्दा…

काठमाडौँ । प्रहरीलाई ५० हजार घुस दिन खोज्ने एक होटल सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जवाट खटिएको प्रहरीलाई घुस दिन खोज्ने उदयपुरगढी गाउँपालिका ८ घर भई हाल टोखा बस्ने ४० वर्षीया सोम माया राईलाई पक्राउ गरेको हो ।
टोखा नगरपालिका ५ बसुन्धरा स्थित आगमन फुडलेन्ड एन्ड गेस्ट हाउसमा अवैध गतिविधि हुने सूचनाको आधारमा छापा मार्न पुगेको प्रहरी टोलीलाई उनले घुस दिन खोजेकी थिइन् ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले प्रहरी टोलीलाई नगद ५० हजार घुस दिन खोजेपछि उनलाई पक्राउ गरिएको बताए ।
उनलाई कानुनी कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?