चीनले दियो अमेरिकालाई यस्तो चेतावनी

काठमाडौँ । चीनको विदेश मन्त्रालयले आफ्नो आन्तिरिक मामलामा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ । मंगलबार विदेश मन्त्रालयले चीनको प्रभुसत्ताका सम्मानमा गैरजिम्मेवार बयान दिएको भन्दै अमेरिकालाई चेतावनी दिएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता कंग श्वांगले भने छन्, ‘अमेरिकी विदेशी मन्त्री माइक पोम्पिओले हङकङमा भएको आन्दोलनलाई लिएर गलत बयान दिएका छन्।’ उनले चीन अमेरिकाले चीनको प्रभुसत्ताका सम्मानमा गैरजिम्मेवार बयान दिएको बताएका छन् ।

प्रवक्ता कंग श्वांगका अनुसार चीनले कानून कडाइका साथ पालना गराउन हङकङ पुलिसलाई समर्थन गरेको छ । साथै कानून अनुसार हिंसात्मक अपराधीको सजाय दिनेमा हङकङको कानूनी संगठनको समर्थन गरेको छ । चीनले हङकङ मामला चीनको आन्तरिक मामला भएको बताएको छ । कुनै पनि देशका सरकार,संगठन एंव व्यक्तिले यसमा हस्तक्षेप गर्ने आधिकार नभएको बताएको छ ।

प्रवक्ता कंग श्वांगका अनुसार १९९७ मा हङकङ चीन फिर्ता गरिपछि चीन-ब्रिटेन संयुक्त वक्तव्यमा निधारित ब्रिटेनको अधिकार एंव कर्तव्य पुरा भएको छ । अमेरिका यस विषयमा हङकङको मामलामा टिप्पणी गर्न आवश्यक छैन। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?