राष्ट्रियसभा निर्वाचनका लागि आयोगले माग्यो उम्मेदवारको हस्ताक्षर

काठमाडौं, १ माघ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरुको मनोनयको औपचारिक पत्रमा प्रयोग हुने हस्ताक्षरको नमूना राजनीतिक दलहरुसँग माग गरेको छ । दलहरुले यस्तो पत्रमा प्रयोग हुने हस्ताक्षरको नमूना बुधबारसम्म आयोगमा बुझाइसक्नुपर्ने छ आयोगले सोमबार सूचना जारी गर्दै दस्तखतको नमूना पेन गर्न दलहरुलाई आग्रह गरेको हो दलसँग उम्मेदवार मनोनयनको अधिकार प्राप्त व्यक्तिको नाम, थार, पद र हस्ताक्षरको नमूना पेश गर्न आयोगले माघ ३ गतेसम्मको समयको दिएको छ यही माघ २४ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा २१ दल दर्ता भएका छन् निर्वाचन आयोगका अनुसार, मनोनयनको औपचारिक पत्र प्रदान गर्न दलले अख्तियारी दिएको व्यक्ति निर्वाचन आयोगमा अद्यावधिक गरिएको दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी हुनुपर्नेछ राष्ट्रियसभा निर्वाचनमा भाग लिन लागेको दलले दस्तखतको नमूना बुझाउँदा केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले गरेको निर्णयको प्रमाणित प्रतिलिपीसमेत पेश गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?