माघे संक्रान्तिको अवसरमा नुवाकोटमा गोरु जुधाउने जात्रा सुरु

नुवाकोट, १ माघ । माघे संक्रान्तिको अवसर पारेर हरेक वर्ष माघ १ गते नुवाकोटमा गोरु जुधाउने जात्रा लाग्दै आएको छ नुवाकोटको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ यो वर्ष २८ हल गोरु जुधाउने तयारी छ । तारकेश्वर गाउँपालिका दुई तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ नुवाकोटको विदुर नगरपालिका दश बेत्रावतीमा गोरु जुधाउनका लागि १० हल गोरु दर्ता भएका छन् । मेलामा विजेता गोरु धनीलाई पाँच हजार र प्रमाणपत्र तथा उपविजेतालाई तीन हजार पुरस्कार तोकिएको छ तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई व्यवस्थित बनाउन २०६२ सालदेखि चन्दनीस्थित बारीको ठूलो पाटोमा गोरु जुधाउन थालिएको हो गोरु जुधाउने जात्रा हेर्नका लागि देशका विभिन्न ठाँउबाट मानिसहरु नुवाकोट पुग्ने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?