ज्योति विकास बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड

काठमाडौं, १ माघ । ज्योति विकास बैंकको १०औं वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ बैंकले साधारण सभा प्रयोजनका लागि पुस १६ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । पुस १५ गतेसम्म कायम सेयरधनीले बैकले बोनस शेयर पाउने छन् ज्योति बैंकको चुक्ता पूँजी २ अर्ब २० करोड छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरेको ज्योति विकास बैंकको बोनसपछि चुक्ता पूँजी झण्डै दुई अर्ब ६० करोड पुग्नेछ । राप्तीभेरीलाई प्राप्ति गरेको ज्योति विकास बैंकले गत कात्तिक ८ गतेबाट एकिकृत कारोबार थालेको थियो क्षेत्रिय स्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति गरेको बैंकको चुक्तापूँजी २ अर्ब ३६ करोड पुगेकोे छ । दुई बैंकको बोनस वितरणपश्चात राप्तीभेरीलाई प्राप्ति गरेको ज्योति विकास बैंकको चुक्तापूँजी झण्डै २ अर्ब ६० करोड पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?